जलजला गाउपालिकाले जिल्लामै पहिलोपटक कोरोना (भाइरस) रोकथाम, नियन्त्रण, ब्यवस्थापन र राहत वितरणमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सार्वजनिक सूचना जारी गरेर आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार कोरोना रोकथाम, नियन्त्रण तथा राहत वितरणका लागि प्रकोप ब्यवस्थापन कोषमा गाउपालिका, प्रदेश सरकार, अन्य निकाय तथा व्यक्तिबाट ५७ लाख २४ हजार २२२ रुपैयाँ बिनियोजन भएको थियो ।
गाउँपालिकाले बजेट बिनियोजन गरेर सञ्चालन हुने पूर्वाधार आयोजनाबाट कन्टिन्जेन्सी (आयोजना ब्यवस्थापन खर्च)बाट रु.७ लाख ७३ हजार १८७ रुपैयाँ गरि कुल रु. ६४ लाख ९७ हजार ४०९ रुपैयाँ कोषमा आम्दानी भएको थियो ।
विभिन्न ८ वटा शिर्षकमा रु.६१ लाख २९ हजार ३३४ रुपैयाँ खर्च भएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । सबैभन्दा बढी विपन्न बर्ग राहत वितरणका लागि खाद्यान्न खरिद गर्न रु.२३ लाख ३० हजार २११ रुपैयाँ खर्च भएको छ ।
औषधी तथा स्वास्थ्य सामग्री खरिदमा रु.१० लाख २४ हजार २००, गाडी भाडा तथा मर्मतमा तीन लाख रु.८० हजार ८५६, कुश्मामा अस्थाई कोरोना अस्पताल निर्माणमा रु. पाँच लाख ९१ हजार ११३ रुपैयाँ खर्च भएको छ ।
स्वदेश तथा बिदेशबाट आएकाहरुलाई कुश्माको क्वारेन्टिनमा राख्दा रु. सात लाख ५१ हजार ९९३, कटुवाल र स्वयम्सेवक परिचालनमा एक लाख रु.९९ हजार ४६१, सूचना प्रसारमा रु ८० हजार र गाउँपालिकामा क्वारेन्टिन निर्माण, सञ्चालन तथा ब्यवस्थापनमा रु.सात लाख ८१ हजार ५०० रुपैयाँ खर्च गाउपालिकाले जनाएको छ ।
No comments:
Post a Comment