Sunday, September 6, 2020

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा चेन्‍नई र मुम्बई भिड्ने

 


 एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १३ औं संस्करणको आईपीएलको खेल तालिक सार्वजनिक गरेको छ । कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि यूएईमा आयोजना हुने तय भएको आईपीएलको पहिलो खेलमा मुम्बई इन्डियनस र साविकको विजेता चेन्‍नई सुपरकिङ्‌स भिड्ने भएका हुन् । 

आईपीएल यूएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म चल्ने छ । यस सिजनका आईपीएलका खेलहरु यूएईका तीन भेन्यु दुबई, शारजाह र आबुधावीमा कुल ४६ खेल खेलिने छन् । 

तर, बोर्डले प्ले–आफ खेलका लागि भेन्यूको निर्णय भने गरेको छैन । प्रतियोगिताको पहिलो खेल आबुधावीमा नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ । यस सिजनको आईपीएलमा अक्टोबर १६ सम्म एक-एक खेल हुनेछन् । १७ अक्टाबरबाट मात्र दुई खेल हुनेछन् । 

त्यस्तै दोस्रो दिन नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित दिल्ली कयापिटल्सले किङ्‌स इलाभेन पन्जाबको सामना गर्नेछ । तेस्रो दिनको खेलमा सनराइजर्स हैदरावादविरुद्ध रोयल च्यालेन्जर बेङगलोर मैदान उत्रिने छ । 



जलजला गाउँपालिकाले सार्वजनिक गर्यो कोरोना रोकथामको खर्च

 


 

जलजला गाउपालिकाले जिल्लामै पहिलोपटक कोरोना (भाइरस) रोकथाम, नियन्त्रण, ब्यवस्थापन र राहत वितरणमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सार्वजनिक सूचना जारी गरेर आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार कोरोना रोकथाम, नियन्त्रण तथा राहत वितरणका लागि प्रकोप ब्यवस्थापन कोषमा गाउपालिका, प्रदेश सरकार, अन्य निकाय तथा व्यक्तिबाट ५७ लाख २४ हजार २२२ रुपैयाँ बिनियोजन भएको थियो ।

गाउँपालिकाले बजेट बिनियोजन गरेर सञ्चालन हुने पूर्वाधार आयोजनाबाट कन्टिन्जेन्सी (आयोजना ब्यवस्थापन खर्च)बाट रु.७ लाख ७३ हजार १८७ रुपैयाँ गरि कुल रु. ६४ लाख ९७ हजार ४०९ रुपैयाँ कोषमा आम्दानी भएको थियो ।

विभिन्न ८ वटा शिर्षकमा रु.६१ लाख २९ हजार ३३४ रुपैयाँ खर्च भएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । सबैभन्दा बढी विपन्न बर्ग राहत वितरणका लागि खाद्यान्न खरिद गर्न रु.२३ लाख ३० हजार २११ रुपैयाँ खर्च भएको छ ।

औषधी तथा स्वास्थ्य सामग्री खरिदमा रु.१० लाख २४ हजार २००, गाडी भाडा तथा मर्मतमा तीन लाख रु.८० हजार ८५६, कुश्मामा अस्थाई कोरोना अस्पताल निर्माणमा रु. पाँच लाख ९१ हजार ११३ रुपैयाँ खर्च भएको छ ।

स्वदेश तथा बिदेशबाट आएकाहरुलाई कुश्माको क्वारेन्टिनमा राख्दा रु. सात लाख ५१ हजार ९९३, कटुवाल र स्वयम्सेवक परिचालनमा एक लाख रु.९९ हजार ४६१, सूचना प्रसारमा रु ८० हजार र गाउँपालिकामा क्वारेन्टिन निर्माण, सञ्चालन तथा ब्यवस्थापनमा रु.सात लाख ८१ हजार ५०० रुपैयाँ खर्च गाउपालिकाले जनाएको छ ।

कोरोना संक्रमित हुने भन्दा, निको हुने दोब्बर

 



२१ भदौ, काठमाडौं

पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

इटलीमा हज्जारौं मानिस सडकमा उत्रिए, कोरोनालाई नक्कली बताएः अष्ट्रेलियाले मेलबर्नमा लकडाउन बढायो

  संसारभरी कोरोनाभाइरसको अहिलेसम्म २ करोड ७२ लाख ३४ हजार ८ सय ९२ संक्रमित भेटिएका छन् । यीमध्ये १ करोड ९३ लाख १३ हजार २६ बिरामी ठिक पनि भइसकेका छन् जबकी ८ लाख ८५ हजार ९ सय ४३ को मृत्यु भइसकेको छ । यो आँकडा वर्ल्डोमिटर्स अनुसार हो ।

फ्रान्स सरकारले आइतबार सात नयाँ इलाकालाई रेड जोन घोषित गरेको छ । यसका साथै 


देशमा रेड जोन घोषित गरिएको इलाकाको संख्या २८ पुगेको छ । पछिल्लो दुई दिनदेखि 

देशमा ८ हजार पाँच सयभन्दा बढी संक्रमित भेटिएका छन् । अहिलेसम्म यहाँ ३ लाख १७ 

हजार ७ सय ६ पोजेटिभ केस भेटिएका छन् भने ३० हजार ७ सय २४ को मृत्यु भएको छ ।

अष्ट्रेलियाको राजधानी मेलबर्नमा आइतबार लकडाउन दुई हप्ताका लागि बढाइएको छ । भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रूजले राज्यमा संक्रमितको संख्या कम भएपनि सावधानी अपनाउँदै लकडाउन २८ सेप्टेम्बरसम्म बढाउने निर्णय गरिएको जानकारी दिए ।

उता इटलीको राजधानी रोममा आइतबार हज्जारौं संख्यामा मानिसहरु एकजुट भएर प्रदर्शन गरे । मानिसहरुले कोरोना महामारीलाई नक्कली बताए । फेस मास्क र सामाजिक दुरी अनिवार्य गर्ने सरकारको आदेशलाई बेकार भने । मानसहरुले यो नक्कली महामारी भने । यसले पहिले नै बिरामी भएका मानिसहरुलाई असर गर्ने बताउँदै सरकारले सामाजिक दुरी र फेस मास्कलाई अनिवार्य गर्ने आफ्नो निर्णय फिर्ता लिनुपर्ने उनीहरुको माग थियो ।

श्रोत: रातोपाटी